हाम्रो बारेमा

१.१ विद्यालयको परिचय 

यो विधालय पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चलको दक्षिणी तराई भारतीय सिमासंग जोडिएको सप्तकोशी नदिको पश्चिम भागमा अवस्थित सप्तरी जिल्लाको मध्य भागमा पूर्व पश्चिम राजमार्गमा पर्ने रुपनी बजार देखि सप्तरी जिल्लाको सदरमुकाम राजविराज सम्म जोडिएको शहिद राम लक्ष्मण मार्गमा रुपनी बजार देखि ४ कि. मि. उतर नेपाल र भारतको सहयोगमा बनेको गजेन्द्र नारायण सिंह मेमारिल उद्योग प्रा.लि. सप्तरी देखि आधाा कि. मी उतर रुपनी गा पा को ५ नं. कार्यालय बसबिट्टी देखि लगभग १ कि. मी. पूर्व बसविट्टी र दिघवा लाई जोडिएको कृषी सडकको उतर छेउमा खुल्ला मैदानमा अवस्थित विधालय नै जनता माध्यमिक विधालय बसबिट्टी हो ।

यो विधालयको स्थापना वि. स. २०१७ सालमा भएको हो । हाल यो विधालय कक्षा १ देखि कक्षा १० सम्म सञ्चालित छ । यस विधालयमा २ महिला, १३ जना पुरुष शिक्षक र १ जना लेखापाल गरी २ जना कार्यालय सहयोगी गरि जम्मा १८ शिक्षक तथा कर्मचारीहरु छन् ।

१.२ ऐतिहासिक पृष्ठभूमि 

मानव सभ्याताको विकास क्रम संगै शिक्षाको पनि विकास भएको हो । शिक्षा नै देश विकासको मेरुदण्ड हो । विरुवाको विकासका लागि गोडमेल र मलजलको आवश्यकता परेभैm व्यतिm र समाजको विकासका लागि पनि शिक्षाको आवश्यकता पर्दछ भन्ने मुल्य मान्यता को साथ जिल्ला सप्तरी रुपनी गा पा ५ नं. वडा बसबिट्टीका सम्पूर्ण जनता , पौवा र बडहरीको भरभलादमी , समाजसेवी , वुद्घिजिवी , शिक्षाप्रेमी र गन्यमान ब्यतिmहरुको भेला भई भू.पू. मंत्री श्री चतुर्भुज प्रसाद सिंह ज्यूको संयोकत्वमा मूर्त रुप लिन २०१६ सालमा विधालय निरिक्षक श्री राम विलास सिंह ज्यूको सहयोगबाट जग्गा दाता श्री रायचन्द्र डुगरको जग्गामा फूसको भवन निर्माण गरी स्वीकृति प्राप्त गरियो । 

वहाँहरुको सफल नेतृत्वमा विधालयको स्थायीत्व कायम राख्न जग्गा संकलन गरी विधालयको नाउँमा दर्ता गरियो । जग्गा दाताहरुमा श्री कृष्ण प्रसाद सिंह ०१–०८–०५ धूर , श्री रामचन्द्र डूगर ०१–०३–१५ धूर , श्री अमर लाल भगत ०–१०–१५ धूर , श्री सेभु यादव ००–१५–०३ धूर , श्री आसिन मिया ०–१०–०५ धूर , श्री बच्चालाल गुमेरता ०–५–१२ धूर , श्री अनुप गुरमैता ०–५–१२ ध्ुार , जग्गा उपलब्ध गरिदिएर सहयोग गर्नुभयो । यो २०२९ सालमा प्रा. वि. को रुपमा संचालन भई २०३१ सालमा गा वि स मलेठ र बसबिट्टीको केही गाउँहरु ध्ूार गाउँ कुमरौल र कोहल्टा आदिमा संचालित प्रा. वि. सेमेतलाई समाहित गरी श्री चतुरभुज सिंह ज्यू को जग्गामा पुनः स्थापना गरियो । 

आर्थिक सवलता कायम गर्ने उद्देश्यले नै २०३४ साल तिर श्री सेभु यादव ज्यूले आफ्नो कार्यकालमा एलानी पर्ती बाट गा. वि. स. तेहौतामा पर्ने १२–०४–१३ धूर जग्गा विधालयको नाउँमा दर्ता गर्नुभयो । यसरी यो विधालय २०१७ सालमा स्थापना भई कक्षा ५ समम संचालन भइरकेको विधालय २०२९ सालमा नयाँ शिक्षा योजना लागूभई वि. स. २०३१ साल तिर कक्षा ८ सम्म स्वीकृती प्राप्त गरी लामो समय सम्म नि.मा.वि.तहमा संचालन रहेको विधालय वि.स. २०६६ सालमा अनुमाति पाई मा.वि तह संचालन भएको विधालयले वि.स.२०७४ सालमा ८ पटक एस.एल.सी परीक्षामा सामेल भई भौतिक , जन शक्तिको अभावमा पनि उत्साह जनक परिणाम ल्याईरहेको छ ।हाल सम्म यस विधालयमा मा.वि. तहका विषयगत शिक्षक दरवन्दि जि.शि.का. बाट उपलब्ध नभएको हुदा आफ्नो श्रोत र तल्ला तहका शिक्षकहरुबाट माध्यमिक तहमा अध्ययन अध्यापन गर्ने काम भईरहेको छ । 

१.३ विद्यालयको सेवा क्षेत्र पहिचान 

यस विधालय सेवा क्षेत्र अन्तर्गत रुपनी गा.पा. ५ नं. वडा मा पर्ने टोलहरु बसबिट्टी मुसहरनिया, कुमरौल, कोल्हाटा, धुरगाउँका अलावा रा.वि.नं.पा.९ मा पर्ने टोलहरु जोलहरी, मलेठ र रुपनी गा.पा.२ नं. वडा मा पर्ने टोलहरु पौवा, वडहरी समेत सेवा क्षेत्र अन्र्तगत पर्दछन् ।

१.४ समुदाय र विद्यालय विच सम्बन्ध

यस श्री जनता मा.वि.बसबिट्टी को उत्थान जनसमुदायबाट नै भएकोले यसमा सबैको माया, ममता, श्रम र पसीना लागेका हुनाले विभिन्न धर्म समुदायका संयुतm प्रयासबाट विधालयको स्थापना भएकोले यस विधालयप्रति समाजको साकारात्मक धारणा छ । विधालय र समाज विचको अन्तर सम्बन्ध अति उतम छ । 

१.५समाजको विद्यालय प्रतिवेदनको धारणा

यस विधालयको सेवा क्षेत्रभित्र पर्नेगरिब, दलित , जनजाती, मुस्लिम, यादव, दास, तत्मा, शर्मा, साह, थारुहरुको वसोवास भएकोले उनीहरुको उत्थानको लागि, शैक्षिक गुणस्तर वृद्घि र महिलाहरुको शैक्षिक विकासको लागि, सहरी क्षेत्र टाढा पर्ने भएकोले विधालयको विकासबाट समाजको सम्पुर्ण क्षेत्र, सामाजिक भौतिक, आर्थिक , राजनैतिक, सांस्कृतिक पक्षमा सुधार हुने धारणा अवलम्बन गरी समाजको प्रत्येक व्यतिmको विधालय प्रतिको धारणा उच्स्तरीय रहेको देखिन्छ । 

१.६ विद्यालयको भौतिक अवस्था 

सप्तरी जिल्लाको सदरमुकाम राजविरज देखि ४ कि.मि. उतर तर्फ, महेन्द्र राजमार्ग देखि ६ कि. मि दक्षिण तर्फ गजेन्द्र नारायण सिंह औधौगिक क्षेत्र भन्दा १ कि. मि पूर्वमा अवस्थित यस विधालय श्री जनता मा. वि. बसबिट्टीको पूर्व पट्टि श्री रा. प्रा. वि. बसबिट्टी – ४, मुसहनिया अवस्थित छ । 

इस विधालयमा नेपाल सरकारबाट ४ वटा बलक, कोठा संख्या ८ एउटा स्रोत केन्द्र बलक कोठा संख्या १बैठक हल र दुई वटा साना कोठा गरि जम्मा ३ कोठा, ४ कोठे नयाँ भवनप्रयोगमा आई सकेका छन्, पूरानो भवनमा ७ कोठा अध्यन अध्यापन कार्यका लागि संचालित छन । पूरानो ४ कोठे भवनको कार्य पूरा हुन आटेको छ । ४ कोठे नयाँ मकानमा १ कार्यालय एउटामा पुस्तकालय र एउटामा कम्प्यूटर ल्याब र बाकी १ अध्यन अध्यापन कार्यमा संचालित छन् । श्री हेमराज तातेड (सभासद ) कोषबाट प्राप्त अनुदानबाट सरस्वती मन्दिर निर्माणाधिन छ । यसै गरि छात्रहरु छात्राहरुका लागि छुट्टा छुट्टै शौचालयको ब्यवस्था गरिएको छ । 

१.७ विद्यालय समुदाय पृष्ठभूमि

रुपनी गा. पा. ५ नं. वडा का सम्पुर्ण गाउँहरु र २ नं. वडा मा पर्ने पौवा र बडहरी टोल रा.वि.न.पा.९ वडामा पर्ने सम्पुर्ण गाउँहरु समेत यसै विधालयको सेवा क्षेत्र अन्तर्गत पर्दछन् । यस विधालयको सेवा क्षेत्रमा पर्ने यादव, तेली, थारु , खत्वे, मुस्लमान, मुसहर, तत्मा, शर्मा आादि जात जातिका वसोवास रहेको छन् । त्यस मध्ये दलित समुदायका अधिकांश वालवालिकाहरु र गैर दलितमा छात्राहारु बढी अध्ययन गरिरहेका छन् । 

उल्लखित सेवा क्षेत्र भित्रका विधार्थीहरु जिल्ला सदरमुकाम राजविराजमा अंग्रेजी माध्यमका आवासीय विधालयहरुमा पनि अध्ययनरत छन् भने गरिव, विपन्नका वालवालिकाहरु यस विधालयमा पढदछन्। यस विधालयमा अध्ययन गर्ने विधार्थी हरु नियमित उपस्थिति नभई, घरायसी कामकाजमा बढी संलग्नता रहेको देखिन्छ । 

यहाँका मुख्य पेशा कृषि, पशुपालन र केही शदसम्म बैदशिक रोजगार समेत छन् । धार्मिक रुपले हिन्दुहरु र इस्लाम धर्माबलम्बीहरुको पनि एक आपसमा मिलेर बस्ने धार्मिक साहिष्णता भएर एकले अर्काको काममा खाने, बस्ने सहयोग गर्ने तथा पर्वहरु मनाउने कार्य गर्दछन् । यहाँका मानिसहरु मैथली भाषा बोल्ने रमैथली संस्कृति अनुसारका कपडा लगाउने गरिन्छ । 

१.८ सेवा क्षेत्रको परिभाषा

विधालयको लक्षित नतिजा हासिल गर्न स्थानिय अभिभावकहरु , समाजसेवी , शिक्षाप्रेमी विधार्थी लगायतका सरोकारवाला समूहहरुको सहयोग, सक्रियता र अपनत्व वृद्घि गरी विधालयको सर्वाङ्गिण विकास गर्न दीर्घकालीन एवम् नियमित अभ्यास स्थापित गर्नु नै यस योजनाको मूल्य उदेश्य हो । विधालय समुदायका समर्पित भएकाले समुदायको सहायता र सहयोगबाट नै मात्र यसको विकास सम्भव छ भने व्यवहारिक सिद्घिान्तलाई यस योजनामा अभ्यासलाई आत्मसात गर्दछ ।