शुभकामना

विधालय एउटा सामूदायिक संस्था हो ,जो एउटा समूह कार्यको वलमा टिकेको हुन्छ । जसरी समूहमा सबैको भुमिकाको अहम आवश्यकता हुन्छ ,त्यसरी नै विधालयको विकासमा सबै सरोकारवालाहरmको उतिकै आवश्यकता हुन्छ । हामी हाम्रा बालबालिकाको उज्जवल भविष्यको लागि यो विधालय स्थापना भएको छ । विधालय विकासको कार्यलाई उच्च शिखरमा पुरयाउनु हामी सबैको दायित्व हो र सो दायित्व पुरा गर्नु हुने सम्पूर्ण व्यक्तिहरुलाई हार्दिक धन्यवाद दिन्न चाहन्छौ । र अन्त्यमा यो विधालयको प्रगतिको लागि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने हाम्रा हातहरmप्रति हार्दिक शुभकामना दिन चाहन्छौ ।

विधालय एउटा सामूदायिक संस्था हो ,जो एउटा समूह कार्यको वलमा टिकेको हुन्छ । जसरी समूहमा सबैको भुमिकाको अहम आवश्यकता हुन्छ ,त्यसरी नै विधालयको विकासमा सबै सरोकारवालाहरुको उतिकै आवश्यकता हुन्छ । हामी हाम्रा बालबालिकाको उज्जवल भविष्यको लागि यो विधालय स्थापना भएको छ । विधालय विकासको कार्यलाई उच्च शिखरमा पुरयाउनु हामी सबैको दायित्व हो र सो दायित्व पुरा गर्नु हुने सम्पूर्ण व्यक्तिहरुलाई हार्दिक धन्यवाद दिन्न चाहन्छौ ।   र अन्त्यमा यो विधालयको प्रगतिको लागि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने हाम्रा हातहरुप्रति हार्दिक शुभकामना दिन चाहन्छौ ।

जगदिश दास

वडाध्यक्ष

रुपनी गा.पा.  ५ ,सप्तरी


यस श्री जनता माध्यमिक विद्यालय बसबिट्टी, सप्तरीको व्यवस्थापन पक्ष, शैक्षिक पक्ष र आर्थिक पक्ष सुधार सम्बन्धी व्यवस्थाको लागि सरोकारवाला सवैलाई समान  सलग्न र सहभागीता गराउँदै विद्यालयले प्रदान गर्नु पर्ने सेवा प्रदान गर्ने हेतुले बढी भन्दा बढी उपलब्धी र सुविधा विकशित गर्दै एउटा आदर्श विद्यालयको रुपमा स्थापीत गर्न योजनावद्ध रुपमा अग्रगती प्रदान गर्न क्रमीक रुपमा निर्धारीत लक्ष्यहरु पहिल्याउँदै राज्यले लिएका शिक्षाका राष्ट्रिय उद्देश्य र लक्ष्य अनुरुप स्थानिय तहमा समुन्नत विकाश गर्नुको साथै यस विद्यालका भविष्यमा उत्तरोतर प्रगति होस् यही शुभ कामना दिन चाहन्छु ।

श्याम प्रसाद यादव

प्रधानाध्यापक

श्री जनता माध्यमिक विद्यालय, बसबिट्टी


विद्यालयको प्रमुख काम नै शिक्षण सिकाई हो ।  तर कस्तो विद्यालय ? कस्तो शिक्षण सिकाई ? कसरी शिक्षण सिकाई गर्ने ? गुण स्तरिय शिक्षा कस्तो र कसरी शैक्षिक गुणस्तरिय अभिवृद्धि गर्ने ? किनभने वालवालिकाहरुलाई सुर्धानका लागि विद्यालय सुधार्नु पर्‍यो । विद्यालय सुध्रिए वालवालिका सुध्रिन्छ, वालवालिका सुध्रिए घर, समाज, गाउँ, देश, सुध्रिन्छ । जसरी जुन सुकै क्षेत्रविकासको क्रमलाई अगाडी वढाउन योजना, निति, निर्माण वनाउछन । यसरी विद्यालयमा महत्वपूर्ण योगदान पुरयाउने समाजसेवी सामाजिक व्यक्ति, वृद्धिजीवी, स्थानिय सरकारी तथा गैर सरकारी संस्थाहरु अभिभावक शिक्षक, विद्यार्थी वर्ग, प्र.अ. विद्यालयको वर्तमान समस्याको पहिचान गरी अगामी दिनमा यस श्री जनता माध्यमिक विद्यालय  बसबिट्टीलाई के कस्तो वनाउने, कसरी वनाउने कहिले सम्म के गर्ने ? जस्ता विषयमा आवश्यक छलफल र सम्न्वय गरी निश्चित ५ वर्ष अवधिका लागि यो योजना एउटा महत्वपूर्ण योजनाको रुपमा निर्माण गरेको देखिन्छ । साथै यसको कार्यान्वयनमा सवैको सक्रिय सहभागिता आवश्यक देखिन्छ ।

अन्त्यमा यस योजनाले मलाई लाग्छ विद्यालयको समग्र विकास गर्न सहयोग पु¥याउनुको साथै स्थानिय तहको क्षमता अभिविद्धिमा पनि सहयोग पुरयाउँछ । यसको सफलता स्थानिय अभिभावक तथा प्र.अ. शिक्षक, विद्यार्थी तथा अन्य सरोकारवालाहरुकोे सामुहीक प्रयास र सहभागितामा निर्भर पर्दछ तसर्थ सवैले सक्रिय सहभागिता जुटाएर सफल रुपमा कार्यान्वयनमा सहयोग गर्न सकेमा यस विद्यालयमा पक्कै सुधार आउने र हाम्रा भविष्यका लहलहाउदो बालबालिकाको शैक्षिक गुणस्तरिय अभिवृद्धिमा निश्चित हुने, ध्रुतगतिमा विद्यालयका हरेक पक्षमा विकास हुने साथै यो विद्यालय एउटा नमूनाको रुपमा स्थापित हुन सकोस प्रवल सम्भावना देखिएकोले सवैको सहयोगको अपेक्षा र विद्यालयको सम्पूर्ण विकासको लागी शुभकामना दिन चाहन्छु ।

राम ना. यादव

प्रा.शि. तृतीय

जनता माध्यमिक विद्यालय

बसबिट्टी, रुपनी–५